दफा ८४
अदालतको परिसर तथा इजलास प्रवेश व्यवस्थित गर्ने
(१) अदालतको परिसर र इजलासको सुरक्षा प्रबन्धका लागि रजिस्ट्रारले आवश्यक व्यवस्था गर्न सक्नेछ।
(२) इजलासको मर्यादा कायम गराउने र इजलास व्यवस्थापन गराउने काम सम्बन्धित इजलासको निर्देशनमा रही इजलास अधिकृतले गर्नु गराउनु पर्नेछ।